दफा ४३
हड्ताल थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध
श्रमजीवी पत्रकारले कुनै पनि व्यवस्थापक
वा कर्मचारी वा श्रमजीवी पत्रकारको कानून नियमद्वारा निर्धारित कर्तव्य पूरा गर्नमा बाधा
बिरोध हुने गरी हड्ताल वा कलम बन्द गर्न तथा शारीरिक वा मानसिक चोट पुग्ने गरी
दबाब दिन वा सो गर्ने उद्देश्यले अरुलाई उकास्न समेत हुँदैन ।
तर ट्रेड यूनियन सम्बन्धी प्रचलित कानूनको अधीनमा रही श्रमजीवी पत्रकारले
आफ्नो अधिकार प्रयोग गर्न कुनै बाधा पुगेको मानिने छैन ।